नेपाल एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच सम्झौता

अर्थकागज
प्रकाशित: २६ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र AEC Global Nepal Pvt. Ltd. (AECC)  बिच बिदेशमा अध्ययन गर्न जाने बिध्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र, बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र AECC का तर्फबाट निर्देशक अजित सिङ बिच आदान प्रदान भएको थियो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । सो कार्यक्रममा बैंक तथा AECC का अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर