एनएमबि बैंकले ग्लोबल मनी विकको अवसरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

अर्थकागज
प्रकाशित: १२ चैत २०८१
Image description

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ । बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर