नेप्सेमा ३ कम्पनीको १ करोड ७ लाख कित्ता बोनश सेयर सुचिकृत, कुनको कति ?

अर्थकागज
प्रकाशित: २७ फागुन २०८०
Image description

नेपाल स्टक एक्सचेज(नेप्से) मा आइतबार विभिन्न ३ कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ । आइतबार नेपाल एसबिआई बैंक लिमिटेड, आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट नेपाल एबबिआई बैंक लिमिटेडले वितरण गरेको ३.७५ प्रतिशत बोनस सेयर नेप्सेमा लिस्टिङ भएको हो । जस अनुसार आज कम्पनीको थप ३७ लाख ९५ हजार २३५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ ।

त्यस्तै आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले वितरण गरेको ८.६ प्रतिशत बोनस सेयर बापतको ७ लाख ४७ हजार ८२८ कित्ता सेयर नेप्सेमा थपिएको छ त्यसैगरी मुक्तिनाथ विकास बैंक लिमिटेडले दिएको ९.७५ प्रतिशत बोनस सेयर बापतको ६२ लाख ६० हजार ३६६ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

प्रतिक्रियाहरू

lvyfKSzoGHE

2 years ago

EhvctTNHUjk

lvyfKSzoGHE

2 years ago

EhvctTNHUjk

lvyfKSzoGHE

2 years ago

EhvctTNHUjk

सम्बन्धित खबर