१२ करोडको सिमा हट्ने हल्लाले सेयर बजारमा सामान्य सुधार
प्रकाशित:
१६ असोज २०८०
काठमाडौं । सेयर धितो कर्जाको विषय सडक देखि सदनसम्म पुन उठेपछि सेयर बजारमा सुधारको संकेत पुन देखिन थालेको छ ।
सेयर धितो कर्जाको १२ करोडको सिमा हट्ने हल्ला सेयर बजारमा चलेको पुरानो विषय भने होइन । तर मंगलरबा पुन संसदमा आवाज उठेपछि लगानीकर्ताले अब चाही हट्छ कि भनेर आशा गर्न थालेका छन् । त्यसेको परिणाम स्वरुप आज अर्थात बुधबार सेयर बाजरमा सामान्य अंकले बढेको छ ।
सेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ ।आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.५२ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर उपसूचक १.३७ र फाइनान्स उपसूचक १.०४ प्रतिशतले बढेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares