९० मेवा मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा १५ अर्ब वित्तीय लगानी जुट्यो, कुमारी बैंकको नेतृत्त्व
काठमाडौं । ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको छ । कुमारी बैकको अगुवाईमा आयोजनामा विभिन्न बैंकले १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएका हुन् ।
कुमारी बैंक, सहवित्तीयकरणका सदस्य अन्य बैंक र निर्माणकर्ता कम्पनीबीच लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एमए पावर आयोजना निर्माण गर्नेछ । एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकबीच ऋण सम्झौता भएको छ ।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गरेको छ । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावरमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति ९आरसीओडी० २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११।६ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०र१३२ केभीमा जोडिने छ ।
प्रतिक्रियाहरू
* * * <a href="http://ankhinnovation.com/index.php?ni6r1k">Snag Your Free Gift</a> * * * hs=2e9ca0a6b5a2a8dcdb191246be5b041e* ххх*
11 months ago
rkxfh4
* * * Claim Free iPhone 16: http://ankhinnovation.com/index.php?ni6r1k * * * hs=2e9ca0a6b5a2a8dcdb191246be5b041e* ххх*
11 months ago
rkxfh4
Shares