११ कम्पनीको हकप्रद आउँदै, हेर्नुस् कुनको कति ?

अर्थकागज
प्रकाशित: ११ कात्तिक २०८०
Image description

काठमाडौँ । यतिबेला विभिन्न ११ वटा कम्पनी हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुुमतिको पर्खाईमा बसेका छन् । हकप्रद निष्कासन गर्न अनुमति कुरेर सेबोनको पाइपलाइनमा बसेका ११ वटा कम्पनीमध्ये प्रायजसो सबै हाइड्रोपावर कम्पनी रहेका छन् ।

हेर्नुस् कुनको कति ?

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही जेठ २२ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १:१ काे अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही असार २७ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १:१ काे अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न असार ३१ गते, धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । कम्पनीले १:१ काे अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीले साेही हकप्रद निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही साउन २४ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १ः१ अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

रिडी पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही साउन २४ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १ः०.५ अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही भदौ २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले १ः०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

ङादी ग्रुप पावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद निष्कासन गर्न भदौ २१ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

आँखुखोला जलविद्युतले १ः१.५ अनुपातमा अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद निष्कासन गर्न भदौ २१ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ।

बरुण हाइड्रोपावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद निष्कासन गर्न भदौ २२ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत वर्षको भदौ ९ गते, बिहीबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही असार १८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले १ः२ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा एक करोड १० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर