११-२-२०८१, शुक्रबार

आजसम्म कायम सेयरधनीले मात्र साल्ट ट्रेडिङको १५ प्रतिशत बोनश सेयर पाउने

अर्थकागज
प्रकाशित: २०८०-१२-८
Image description

साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ चैत्र ९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो ५७ औँ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार साधारणसभा आउँदो चैत्र २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब भद्रकाली काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७९र८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशतबोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेको छ।

त्यस्तै सभाले गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्तीको प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर