पूर्वी स्टार गायन प्रतियोगिता २०८० को आयोजना गरिने

माधव पोखरेल
प्रकाशित: १६ मंसिर २०८०
Image description

उदयपुर । पूर्वको माटो पूर्वको पहिचानकालागि शुरु हुन लागेको विशुद्ध सांगितिक प्रतिस्पर्धा पूर्वि स्टार गायन प्रतियोगितामा सहभागिताकालागि हाङ अनलाइन म्युजिक प्रा लिको आयोजनामा आउदो पुष १ गतेदेखि पुर्वी स्टार गायन प्रतियोगिता हुने भएको छ ।

शनिबार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पूर्व क्षेत्रमा लुकेर बसेका गायन क्षेत्रका प्रतिभाहरुलाई प्रस्फूटन गराउने र उनीहरुको प्रतिभालाई देश विदेशमा चिन्हाउने उद्देश्यले यो प्रतियोगिता संचालन गर्न लागिएको हो ।

कार्यक्रमका संयोजक सुमन कुरुम्बाले कोशी प्रदेशका १४ बटा जिल्लामा छरिएर लुकेर बसेका गीत गाउन जान्ने इच्छुक प्रतिभाहरुकालागि अवसर दिन आवश्यक भएकोले प्रतियोगिता गर्न लागिएको बताए ।

त्यस्तै सो कार्यक्रमका निर्देशक टि.आर सेनेहाङले स्थानीय तहका प्रतिभाहरुलाई प्रतियोगिताका बारेमा जानकारी होस भनेर र स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट समेत सूचना पु¥याउने उद्देश्यले जिल्ला जिल्लामा पत्रकार सम्मेलन गरिएको बताए ।

यही मंसिर १५ गतेबाट अनलाइन आवेदन खुला गरिएको र आउदो पुष १ गतेबाट अडिसन शुरु गरिने जानकारी दिंदै निर्देशक टि. आर सेनेहाङले गित नेपालभित्र बोलिने सबै भाषामा गाउन सकिने र पहिलो अडिसनबाट छनौटमा परेका सहभागिले दोश्रो अडिसनकालागि ट्रयाकमा गित गाएर भिडियो अनलाइन मार्फत पठाउनु पर्ने बताए ।

दोश्रो चरणको ट्याक राउण्डबाट छनौट भएका सहभागिहरुको ग्राण्ड फिनालेसम्मको लाइभ धरानमा हुने छ भने यसकालागि आवेदन शुल्क रु.१ हहजार तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो प्रतियोगितामा प्रधम हुनेले रु. ४ लाख नगद सुनको सिक्री १ थान, ट्रफी, एउटा गित रेकर्ड र प्रमाणपत्र पाउने छन । दोश्रो हुनेले १ लाख ५० हजार नगद, ट्रफी , एउटा गित रेकर्ड, र प्रमाण्पत्र पाउनेछन भने तेश्रो हुनेले नगद रु.५० हजार,ट्रफी,एएटा गित रेकर्ड र प्रमाणपत्र पाउने छन ।

साथै लाइभ राउण्डका उत्कृष्ट प्रस्तोतालाई १ था गिटार प्रदान गरिने छ भने प्रचम दोश्रो र तेश्रो हुनेलाई नेपाल तथा विदेशमा समेत सांगितीक प्रस्तुतीको व्यवस्था मिलाइने पत्रकार सम्मेलनमा जामनकारी दिइएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर