सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताको अपेक्षा !
• सि.डि. रेसियो ८० को लाईनमा
• बैंकमा पैसा फालाफाल
• कर्जा लगानिका सबै क्षेत्रमा संकुचन, फलत बैंकहरु राष्ट्र बैंकलाई पैसा थन्क्याउने ढुकुटीको रुपमा प्रयोग गर्न बाध्य
• ब्याजदर घट्दो क्रममा
• बैदेशिक मुद्रा संचिती १ बर्ष बढिको निर्यात धान्न पुग्ने
• बढ्दो रेमिट्यान्स
• लाभांशको सिजन
• असहज परिस्थितीमा पनि धेरै पटक १८०० को न्युनतम बिन्दुलाई टेष्ट गरेको बजार अहिले परिस्थिती सहज हुँदा पनि न्युन बिन्दुमा
तैपनी किन बढेन सेयर बजार?
सबै कुरा सकारात्मक हुँदा हुँदै पनि नेपाल राष्ट्र बैंक पोलिसीमा अलिकती पनि लचक नहुँदा लगानीकर्ताको आत्मबिश्वाश बढ्न सकेको छैन। ठुला र संस्थागत लगानीकर्ता जो बिना बजार चलायमान हुने कल्पना समेत गर्न सकिंदैन उनिहरु पर्ख र हेरको राणनीतिमा छन्।
बजारले खोजेको चाहिं के हो?
सेयर बजार ३००० को लाईनमा हुँदा राष्ट्र बैंकले सेयर बजार लक्षित लिएको कडा निती अब अहिले १८०० को लाईनमा झर्दा परिमार्जन गर्नु जरुरी छ। जसमा मौद्रीक नितिको समिक्षा मार्फत निम्न बिषयहरु सम्बोधन भएमा सेयर बजारमा पुन रौनक आउने साथै समग्र अर्थतन्त्र चलायमान अपेक्षा गर्न सकिन्छ।
• हाल कायम सेयर धितो कर्जाको जोखिम भार १५० लाई झारेर पुन १०० कायम गरिनु पर्ने।
• संस्थागत तर्फ २० करोडको कर्जाको सिमालाई पुर्ण रुपमा हटाईनु पर्ने।
• बैंक तथा बित्तिय संस्थालाई सेयर कारोबारमा लगाईएको बन्देज हटाईनु पर्ने। जसले गर्दा ३२०० बाट अहिले १८०० को बिन्दुमा आएको जोखिम कम भएको बजारबाट उनिहरुले पनि फाईदा लिन सकुन् । कर्जा प्रवाह हुन नसकेर नाफामा संकुचन आएको अवस्थामा बैंक तथा बित्तिय संस्थालाई प्राण भर्ने यो पनि एउटा अचुक अस्त्र हुन सक्छ।
आगे राष्ट्र बैंकको जो आज्ञा !
Shares