'समृद्धि गृह लक्ष्मी बचत' मा १० प्रतिशत ब्याज
प्रकाशित:
०४ भदौ २०८०
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारीहरुलाई लक्षित गरेर 'समृद्धि गृह लक्ष्मी बचत खाता' संचालनमा ल्याएको छ ।
'समृद्धि गृह लक्ष्मी बचत खाता' मा १० प्रतिशत ब्याजदर पाइनेछ । यस खातामा अरु पनि सेवा पनि निशुल्क पाइनेछ ।
फाइनान्सका अनुसार निशुल्क मोवाइल बैकिङ्ग, निशुल्क चेकबुक सुबिधा, निशुल्क एबिबिएस सुविधा, निशुल्क एसएमएस अलर्ट सुविधा, निशुल्क डेविट कार्ड (एटिएम) सुविधा र निशुल्क कनेन्ट आईपिएस सुविधा रहकोछ ।
Shares