सर्वोत्तम सिमेन्टको साधारणसभा सम्पन्न, ७ संचालक चयन


काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बैशाख १२ गते आफ्नो पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर सहित) नगद लाभांस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।
सभाले संस्थापक शेयरधनी समूहबाट ५ जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र संचालकमा नेहा अग्रवाललाई मनोनित गरिएको छ ।
Shares