लाभांश नदिएको सानिमा रिलायन्स लाईफले सेयरधनीलाई थाहा नदिई सुटुक्क संचालकको सेवा सुविधा बढाउँदै, सेयरधनीले चर्काे विरोध गर्ने !
काठमाडौं । कम्पनीबाट लाखौंलाख बैठक भत्ता बुझ्दै आएका सानिमा रिलायन्स लाईफका संचालकले सेयरधनीलाई थाहा नै नदिई सुटुक्क आफ्नो बैठक भत्ता बढाउने तयारी गरेका छन् ।
सेयरधनीले लाभांश नपाएर चर्काे विरोध गरिरहेको बेला सानिमा रिलायन्स लाईफका संचालकहरु भने आफ्नो सुविधा परिमार्जन गर्ने विशेष प्रस्ताव छैठौं वार्षिक साधारणसभा लैजाँदैछन् । त्यो पनि बिना तीन महले । यति, कम्पनीले संचालकहरुको सेवा र सुविधा बढाउने हो भने कम्पनीको वार्षिक प्रतिवेदनमा अहिले लिदै आएको सेवा र सुविधा सहित अव बढाउने सेवा र सुविधाको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, यस कम्पनीले संचालकको सुविधा परिमार्जन गर्ने एजेण्डा राखेपनि के कति परिमार्जन गर्ने हो, त्यो भने तीन महले नै छैन् । यो भने कम्पनीको सेयरधनीलाई झुक्याउने चलाखीपूर्ण खेल हो ।
कम्पनीको एजेण्डा राख्ने साधारणसभाबाट सुटुक्क पारित गर्ने कम्पनीको योजना रहेको छ । यो नेपाल बीमा प्राधिकरणको नीति नियम अनुसार पनि गतल बाटो यस कम्पनीले समातेको छ । यसको विरुद्ध केही सेयरधनीहरु नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरणलाई निवेदन दिने तयारी गरिरहेका छन् ।
कम्पनीले यो एजेण्डाको विरोध हुने देखेपछि सेयरधनीलाई बार्षिक प्रतिवेदनको किताव समेत दिएको छैन् । कम्पनीमा जाने र विश्वास लागेका सेयरधनीलाई मात्र सुटुक्क किताव दिने गरेको छ । त्यो पनि विरोध नगर्ने सर्तमा । सेयरधनीलाई झुक्याएर सुटुक्क बैठक भत्ता बढाउने योजना थाहा पाएपछि सेयरधनीले चर्काे विरोध गरेका छन् ।
लाभांश नदिने अनि, सेवा र सुविधा मात्रै बढाउने भन्दै सेयरधनीले साधारणसभा चर्काे विरोध गर्ने बताएका छन् । सेयरधनीले सभामा संचालक र सिइओको राजिनामा समेत माग्ने बताएका छन् । कम्पनीको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० साविकको सानिमा लाईफका संचाालकहरु बैठक भत्ता बापत ७ लाख १६ हजार रुपैयाँ बुझेका छन् । त्यसै गरी साविकको रिलायन्स लाईफका कम्पनी संचालकहरुले १२ लाख १६ हजार रुपैयाँ बुझेका छन् ।
Shares