गोर्खाज फाईनान्सको अध्यक्षमा बुढाथोकी चयन

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८१
Image description

काठमाडौं । गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी सर्वसम्मत चयन भएका छन् । उनलाई सञ्चालक समितिले वैशाख १६ गते देखि लागु हुनेगरी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका थिए । उनले सञ्चालक सदस्य मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएका थिए । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले उनको राजिनामा स्वीकृत गर्दै अध्यक्ष पदमा बुढाथोकीलाई चयन गर्ने निर्णय गरेको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर