काठमाण्डौका संस्थागत विद्यालयले मौलिक नामाकरण नगरे विद्यार्थी भर्ना लिन नपाउने
काठमाण्डौ महानगरपालिका अन्तरगतका संस्थागत विद्यालयहरुलाई ७ दिन भित्र नेपालीपन भल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिइएको छ । आज एक सूचना जारी गर्दै महानगरले ७ दिन भित्र मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने जनाएको छ ।
'शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधि (७ दिन) मा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।' महानगरद्धारा जारी सूचनामा भनिएको छ ।
त्यस्तै सूचनामा 'विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ । अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित) काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।' उल्लेख छ ।
महानगरद्धारा जारी सूचनाः
Shares