श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँड

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८२
Image description

काठमाडौं।श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले आज अर्थात कात्तिक १२ गते बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।

आईपीओमा १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो।

गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यशाली २ लाख ५१ हजार ४९ जना आवेदकले सेयर प्राप्त गरेका छन् ।  यीमध्ये ३ जना आवेदकले भने १–१ कित्ता थप गरी ११ कित्ता सेयर पाएका छन् । 

आईपीओमा आवेदन दिएका कुल आवेदकहरूमध्ये १६ लाख ९१ हजार भन्दा बढी लगानीकर्ताको हात खाली भएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर