सामुदायिक लघुवित्तको विशेष साधारण सभा : मर्जरसहित स्वाप रेसियो पारित हुँदै
प्रकाशित:
१४ असोज २०८०
सामुदायिक लघुवित्तले विशेष साधारण सभा बोलाएको छ । बीपीडब्लु लघुवित्तसँग मर्जरमा जान लागेको संस्थाको विशेष साधारण सभा असोज ३० गते, मंगलबार होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त एक आपसमा मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले निर्धारण गरेको १:०.८५३५ सेयर स्वाप रेसियो पारित गर्ने विशेष प्रस्ताव पनि पारित गरिन्छ ।
त्यसैगरी, संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि असोज २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares