बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग
प्रकाशित:
१० भदौ २०८३
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,२५,००,०००/– -अक्षेरेपी रु.दुई करोड पच्चीस लाख मात्र) सहयोग गर्ने निर्णय गरेको छ ।
मिति २०८३, भाद« १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस् स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares