नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: १२ मंसिर २०८०
Image description

काठमाडौं ।नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा आवेदन दिने इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।म्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । यस आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सीडीएसका अनुसार यस कम्पनीको आइपीओमा मंसिर १२ गते साँझ ५ः०९ बजेसम्ममा १० लाख ५५ हजार ६३८ जनाले १ करोड १४ लाख ५३ हजार ९४० कित्ताका लागि आवेदन दिइसकेका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १०.०३ गुणा बढी हो । 

यहाँबाट आवेदन दिने

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।

यस कम्पनीको आईपीओलाई रेटिङ्गमा क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर