कुमारी बैंकको ‘गज्जबको बचत’ खाता, उच्च ब्याजसहित स्वास्थ्य बिमा सुविधा
काठमाडौं। कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमाको परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ। न्यूनतम् मौज्दात १ हजार रुपैयाँ रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत दिनुका साथै २० हजार रुपैयाँ सम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने छ ।
बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँ सम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन्। यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।
बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ। दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बिमा सुविधा आम मानवजिवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएका छन्।
कुमारी बैंकले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ। न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बिमा सुविधा तथा निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराएको ‘गज्जबको बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ।
Shares