करिब ६३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.९३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६३.५९ प्रतिशतले बढि हो । त्यस्तै कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ जसका कारण कम्पनीको खुद मुनाफामा बृद्धि आएको हो ।
४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।
Shares