एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा
प्रकाशित:
०२ पुस २०८१
काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्तावसहित बार्षिक साधारणसभा बोलाएको छ । सभा पुस २५ गते कम्पनीको कार्यालय रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ । सभामा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र सोही निष्कासनका लागि छुट्याइएको सेयरमध्येबाट कानुनअनुसार हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यसैगरी आईपीओ निष्कासनपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीबमोजिम सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, गत आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताव सभाले पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares