साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १० असोज २०८१
Image description

काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज १३ गते आईतबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीको वार्षिक साधारणसभा कार्तिक ४ गते आइतबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापको तर्फबाट ४ जना तथा सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर