नेरुडे मिर्मिरे लघुवित्तको सेयर बिक्रीमा, मूल्य कति ?
प्रकाशित:
०८ असार २०८२
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तको यो सेयर हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्नेछ ।
३५ दिनसम्म पनि कुनै जानकारी नआएमा उक्त सेयर अन्य व्यक्तिलाई बेचिन लघुवित्तले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares