ब्रोकरका साहुलाई सेवोनका अध्यक्ष हमालले भने-'लगानीकर्तालाई भाषा मात्र होइन, व्यवहारमा उच्चतम सेवा दिनु पर्यो '
प्रकाशित:
२३ साउन २०८०
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई उच्चतम सेवा दिनु पर्ने बताएका छन् ।
धितोपत्र दलाल संघ नेपालले आयोजना गरेको नयाँ ब्रोकरहरु स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भने -'लगानीकर्ताले उच्चतम सेवा पाउनु पर्यो, त्यो भाषामा मात्र होइन, लगानीकर्ताले फिल गर्ने हुनु पर्यो।'
सेयर कारोबार गर्न आउने लगानीकर्तालाई ब्रोकरहरुले उचित सल्लाह सुझाव दिनुको साथै तालिमहरु पनि दिनु पर्ने बताएका छन् ।
नयाँ ब्रोकर सेयर बजार विकासको लागि सुरुवात मात्र भएको भन्दै अध्यक्ष हमालले नेपालको संविधानमा उल्लेखित भए अनुसार आर्थिक क्षेत्रको सवै गतिविधिहरुलाई प्रतिस्प्रधि गरी सेवामूखि करण गरी लागत कम गराउने उल्लेखित भए बमोजिम नयाँ ब्रोकर थपिएको बताए । स्वच्छ प्रतिस्प्रधाले बजारको विकासमा टेवा पुग्नुको साथै लगानीकर्ताले छिटो छरितो सेवा पाउनेमा अध्यक्ष हमाल आफू ढुक्का भएको बताए ।
प्रतिक्रियाहरू
Raju chaudhary
2 years ago
Ipo prakriya Pani xito xrito tarikale hunuparyo.
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares