रिलायबल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ २५) अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश प्रयोजनार्थ भोलि जेठ २६ गते एक दिन बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् ।कम्पनीको साधारणसभा भने असार २ गते, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ ।सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत गरी कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै, बोनस शेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।त्यस्तै, गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
Shares