सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको ओइरो, कति पर्यो आवेदन ?

अर्थकागज
प्रकाशित: १७ भदौ २०८०
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निश्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदनको आईरो लागेको छ । भदौ १५ गतेबाट निश्कासन भएको आईपीओमा भदौ १७ गते (आइतबार) विहानसम्म ४ लाख ९३ हजार १११ जना आवेदकबाट ५६ लाख ७६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ ।

लगानीकर्ताको रोजाइमा परेका कारण सिटिजन्स लाइफको आईपीओ माग भन्दा धेरै गुणा आवेदन पर्ने पक्का देखिन्छ । भदौ १९ गतेसम्म आवेदन दिने मिति रहेको छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निश्कासन गरेको हो । लगानीकर्ताहरुले प्रतिकित्ता २४४ रुपैयाँ तिरेर आवेदन दिनुपर्नेछ ।

कम्पनीले कूल ९० लाख कित्ता सेयर सबै सर्वसाधारणले भर्न पाउने गरी प्रिमियम मूल्यमा प्रतिकित्ता २४४ रुपैयाँका दरले निश्कासन गरेको हो ।

न्यूनतम्, १० कित्ता सेयरमा आवेदन दिनको लागि दुई हजार चार सय ४० रुपैयाँ तिर्नुपर्नेछ ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले आवेदन मेरो सेयर आईपिओ भर्न मिल्ने बैंक, आस्वा सदस्यता प्राप्त बैंकमार्फत भर्न सकिनेछ ।

कम्पनीको कूल जारी पुँजि तीन अर्ब ७५ करोड रुपैयाँ बराबरको तीन करोड ७५ लाख कित्ता सेयर मध्ये ३० प्रतिशत अर्थात एक करोड १२ लाख ५० हजार कित्ताको लागि आईपिओ निष्काशन गरेको थियो । सो मध्ये पाँच प्रतिशत कर्मचारीको लागि छुट्याएको थियो ।

त्यस्तै, १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता आईपिओ बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानीकोषको लागि पाँच प्रतिशत छुट्याएपछि सर्वसाधारणको लागि जम्मा ९० लाख कित्ता सेयर वितरण गर्न लागिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर