दुई वाणिज्य बैंकका आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउने

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८१
Image description

काठमाडौं । आज बिहिबार नेप्सेमा सुचिकृत दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्राईम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडका आजसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकहरुले मंशिर ९ गते, आइतबार, बुकक्लोज गर्नेछन् त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र बैंकको साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो भने प्राईम कमर्सियल बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

ग्लोबल आईएमई बैंकको १८ औँ वार्षिक साधारण सभा मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

त्यस्तै प्राईम कमर्सियल बैंकको १७ औं वार्षिक साधारण सभा मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर