आजको मौसम कस्तो छ ?

अर्थकागज
प्रकाशित: ३२ साउन २०८०
Image description

ठमाडौं । पूर्वानुमान महाशाखाको अनुसार कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर