एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, कसले बाजी मार्ला ?

अर्थकागज
प्रकाशित: ०२ मंसिर २०८०
Image description

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि आज भारतले अस्ट्रेलियासँग खेल्दैछ । क्रिकेटको विशाल इतिहास भएका र दशकौंदेखि विश्व क्रिकेटको शिखरमा रहेका यि दुई देशले विश्वकपमा अलगै छाप छाडेका छन् ।

सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो । अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा त्यहि सफलता दोहोराएको थियो । विश्व क्रिकेटमा दुई पटक मात्रै विश्वकप जित्नु लामो इतिहास भएको भारतका लागि कम उपलब्धि नै मान्न सकिन्छ । आफ्ना समर्थकहरुको नजरमा भारतीय टोली विश्व कप जित्नका लागि अति नै योग्य छ ।

अर्कोतर्फ अस्ट्रेलिया विश्वकप इतिहासकै उत्कृष्ट टोली हो । उनीहरुले सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि ५ पटक विश्वकप जितेका छन् । अष्ट्रेलिया शीर्षमा आफ्नो कीर्तिमान विस्तार गर्न चाहन्छ । भारत अहमदाबादमा १ अर्ब ३० लाख भन्दा बढी समर्थकहरूको उत्साहका लागि उपाधि घरमै राख्न चहान्छ । आइसिसी एकदिवसीय विश्वकपको उपाधि कस्ले बाजी मार्ने हो ? त्यो भने हेर्न लाईक हुनेछ । खेल २:१५ बजेबाट खेल सुरु हुनेछ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर