१३४ प्रतिशतले बढ्यो कालिका लघुवित्तको नाफा, लाभांश दिन सक्ने क्षमता कति ?
काठमाडौं । कालिका लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा उछाल देखियको छ ।
असार मसान्तसम्ममा संथाले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा २ करोड ६९ लाख रुपैयाँमा सिमित थियो।
यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत बढेको छ भने सञ्चालन नाफा १.५५ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढेको हो।
समिक्षा अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर १६ रुपैयाँ ९५ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ १७२ रुपेयाँ ७० पैसा रहेको छ । संस्थाको खराब कर्जा घटेर ३.७९ प्रतिशतमा झरेको गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ४.८५ प्रतिशत रहेको थियो ।
Shares