नेप्सेमा एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एभरेष्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
बैंकको १० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ६ सय ३० रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा सोमबारको अन्तिमा कारोबार मूल्य ७ हजार ९५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश सहित १५.५३ प्रतिशत लाभांश वितरणको प्र्रस्ताव गरेको थियो ।
प्रतिक्रियाहरू
Kamalesh koirala
1 year ago
१० प्रतिसत बाेनस पछि नेप्सेमा सोमबारको अन्तिमा कारोबार मूल्य ७ हजार ९५ रुपैयाँलाई आधार मानेर मूल्य ६ सय ३० कसरी ??? समायोजन गरिएको हो ।
Shares