काजीको किचेनमा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट !

अर्थकागज
प्रकाशित: २९ साउन २०८०
Image description


काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँडे भएको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको अनुसार काजीको  किचेन बत्तिसपुतलीमा बाँडफाँट भएको हो । लगानीकर्ता एमव् आईपिओ बाजे भनेर चिनिने लक्ष्मण श्रेष्ठ बल तानेका थिए ।  माग भन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो । 

कम्पनीले १९ लाख ५३ हजार २७९ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी गरिएको आईपीओमा १३ लाख ६१ हजार १५४ जना आवेदकले आवेदन दिएका थिए । ती मध्ये १२ लाख ८९ हजार २८५ जना आवेदकले आवेदन सदर भएको छ । बाँकी ५ हजार ६८९ जनाको आवेदन रद्द भएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर