सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको भन्दै पुर्वअर्थमन्त्री महतद्धारा छानबिनको माग
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव अस्वाभाविक भएको बताएका छन् गरेका छन् । आज सोबबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले यस्तो बताएका हुन् ।
कतिपय संस्थाको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताएका हुन् । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्नसमेत माग गरे ।
महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस(एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास जनाए ।
प्रतिक्रियाहरू
य
1 year ago
फेरि भाडन आइपुग्नु भयो।बजार धोसत पारनभयको थियो नि।
Shares