निर्धन उत्थान लघुवित्तको कर्मचारी खर्च ८४ करोडमाथि, सिईओको तलव/भत्ता कति ?

प्रकाशित:
११ फागुन २०८०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ८४ करोड ७८ लाख ७९ हजार १७० रुपैयाँ कर्मचारीहरुको लागि खर्च गरेको छ । लघुवित्तको बार्षिक प्रतिवेदन अनुसार संचालन खर्चमा ७ करोड ३९ लाख १८ हजार ३०५ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी संचालक समितिको बैठक भत्ता वापत लघुवित्तले ५ लाख ९ हजार खर्च गरेको छ । यो आर्थिक वर्षमा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले तलव भत्ता वापत ४२ लाख ७७ हजार २११ रुपैयाँ बुझेका छन् ।
लघुवित्तको अहिले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मुकेश दाहाल रहेका छन् ।
त्यसै गरी लघुवित्तले व्यवस्थापनका अन्य पदाधिकारीहरुको लागि ९ करोड ६३ लाख २९ हजार ४२३ रुपैयाँ खर्च गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares