नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
प्रकाशित:
०५ साउन २०८३
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ ।आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनसीसी डिभेन्चर २०८६ को शेयर ७.१६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड १० लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares