भदौ महिनामा नेप्से ४२० अंकले घट्दा पनि सरकारले कमायो २.५७ अर्ब पूँजीगत लाभकर

अर्थकागज
प्रकाशित: ०७ असोज २०८१
Image description

काठमाडौं । भदौ महिनामा मात्र सरकारलाई २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । भदौ महिना नेप्से परिसूचक भने ४२ अंकले घटेको थियो ।

भदौ महिनामा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर तर्फ १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको छ ।

व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तथा १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ ।

 आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर