माण्डु हाइड्रोपावरको प्रिमियम आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने (आज) बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौ ११ गतेबाट निश्कासन गरेकोे आईपीओमा लगानीकर्ताले भदौ १३ गते अर्थात आज बैकिङ समयसम्म आवेदन दिन सक्ने छन् ।कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको कम्पनीले जनाएको छ । आईपीओबाट जम्मा भएको रकमले ऋण तिर्ने कम्पनीले अर्थ कागजलाई जनाएको छ ।
कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट समेत गरिसकेको छ ।
Shares