लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सिइओको तलव /भत्ता १ करोड ७० लाख, संचालक र पदाधिकारीहरुले कति बुझे ?

अर्थकागज
प्रकाशित: १२ असार २०८१
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई १ करोड ७० लाख ८१ हजार ६० रुपैयाँ खर्च गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा दुई वटा सिईओलाई तलव र भत्ता खुवाएको छ । बार्षिक प्रतिवेदन अनुसार सिईओ लक्ष्मी प्रसाद दास र प्रणय कुमारलाई तलव भत्ता खुवाएको हो ।

यस आर्थिक वर्षमा प्रणय कुमारलाई कम्पनीले तलव र अन्य सुविधा बापत १२ लाख ९७ हजार २ रुपैयाँ र विदा भत्ता बापत १५ हजार रुपैयाँ खर्च गरेको छ । प्रणय कुमार वर्तमान संचालक र सिईओ समेत हुन् । त्यसै गरी अर्का सिईओ लक्ष्मी प्रसाद दासलाई कम्पनीले तलव अन्य सुविधा वापत १ करोड २९ लाख ६४ हजार ७६३ रुपैयाँ, बोनस २७ लाख १४ हजार ९७ रुपैयाँ, बिदा भत्ता ९० हजार रुपैयाँ खर्च गरेको छ । दास सिईओबाट हटिसकेका छन् । दासको स्थानमा कुमारलाई कम्पनीले सिईओ संचालकमा नियुक्त गरेको हो ।

संचालक र अन्य पदाधिकारीहरुको तलव भत्ता कति ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर