'नेपो बेबी' भन्दै शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने विद्यार्थी पक्राउ
प्रकाशित:
०६ साउन २०८३
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले 'नेपो बेबी' भन्दै प्रदर्शन गरेका छन् ।त्रिभुवन बिश्वविद्यालयको ६७औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले नेपो बेबी भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘नेपो बेबी मुर्दावाद’, 'मेरिटोक्रेसी लागू गर' लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्व विद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares