मुद्दति निक्षेपमा ४० करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

अर्थकागज
प्रकाशित: ३० कात्तिक २०८०
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर ५ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ ।

यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर