मुक्तिनाथ विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थकागज
प्रकाशित: ३१ जेठ २०८१
Image description

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले भोली असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स आईपिओ बचतमा ६.०५ प्रतिशत ब्याज दिनेछ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ४.५० देखि ७.२० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ५.२० देखि ७.२० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.५० देखि ६.२० प्रतिशत ब्याज दिने छ भने बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.३८ प्रतिशत रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर