धितोपत्र बार्डको लागि बिनोद आचार्य योग्य अध्यक्ष !
काठमाडौं । बिनोद आचार्यले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि निवेदन दिएसँगै एकाएक चर्चामा आएका छन् । पुँजी बजारको नीति नियमलाई विगत एक दशकदेखि नजिकबाट नियाल्दै आएका आचार्य सेयर बजारका लगानीकर्तामाझ चर्चित समेत छन् । बिनोद आचार्य पूर्व मर्चेन्ट बैंकर तथा हाल मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष समेत हुन् ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका आचार्यले आफ्नो बैंकिङ यात्रा साविक किष्ट बैंकबाट सुरु गरेका थिए। आचार्यसँग साविक सिभिल क्यापिटल मार्केट र सेञ्चुरी क्यापिटल मार्केटमा मर्चेन्ट बैंकिङ प्रमुख/ प्रमुख संचालन अधिकृतका रूपमा काम गरेको करिब दुई दशक लामो अनुभव छ। पूँजी बजारका दर्जनौँ पब्लिक कम्पनीहरूमा संस्थागत सल्लाहकारको भूमिकामा रहेका आचार्यलाई बजारले अनुभवी र सक्षम नेतृत्वका रूपमा हेरेको छ।
धितोपत्र बोर्डको नेतृत्वका लागि उनको आवेदनलाई शेयर बजारका विज्ञहरूले विशेष चासोका साथ विश्लेषण गरिरहेका छन्। पूँजी बजारको गहिरो बुझाइ र दीर्घ अनुभवका कारण आचार्य अध्यक्ष पदका प्रमुख दावेदारको रूपमा उभिएका छन्। यसैबीच, स्रोतका अनुसार आचार्यको अनुभव र कार्यक्षमतालाई आधार मान्दै अर्थविदहरुले समेत उनको आवेदनलाई सकारात्मक रूपमा लिएको बुझिएको छ, जसले उनको दाबीलाई अझ मजबुत बनाएको छ।
Shares