र्सिजनशिल लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिसेयर आम्दानी ८७.४९ रुपैयाँ


काठमाडौं । र्सिजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफामा उछाल देखियको छ ।
असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिका लघुवित्तको यस्तो नाफा ८ करोड ८ लाख रुपैयाँले ॠणात्मक थियो ।
यो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ७.२८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ३५७.१४ प्रतिशतले बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा लघुवित्तको बार्षिकृत ईपिएस बढेर ८७ रुपैयाँ ४९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५८.६६ रुपैयाँ रहेको छ। लघुवित्तको खराब कर्जा घटेर ७.४७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा लघुवित्तको खराब कर्जा १३.४४ प्रतिशत रहेको थियो ।
Shares