उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिनु भयो ? आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २४ कात्तिक २०८०
Image description

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अर्थात एफपीओमा आवेदन दिने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता अर्थात १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो ।

उन्नति सहकार्य लघुवित्तको लाभांश इतिहास यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्था केयर नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर