बुधबारदेखि अपि पावरको हकप्रद सेयर लिलामीमा

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बुधबार अर्थात असोज १७ गतेदेखि हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

यस अघि कम्पनीले निश्कासन गरेको हकप्रद सेयरमध्ये बाँकी रहेको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको कम्पनीले जनएको छ । लगानीकर्ताले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन कहाँबाट दिने ?

यस कम्पनीले निश्कासन गरेको सेयरमा इच्छुक सवै व्यक्ति गत र संस्थागत लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायण चौर नक्कसाल काठमाडौं, मुक्तिनाथ विकास बैंकका सवै लिमिटेडका शाहा कार्यालयहरु ठिमी भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा-पोखरा, बाँगलुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नुहुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर