युनाईटेड मेवा खोला हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने

प्रकाशित:
०६ असार २०८१

काठमांडौ । युनाईटेड मेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा आज असार ६ गते कम्पनीको रजिष्टार्ड कार्यलय डिल्लीबजार,काठमांडौमा विहान ११ बजेदेखि सुरु हुनेछ ।
सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।
सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares