श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिनु भयो ? आज अन्तिम दिन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले बिक्री खुला गरेको आईपीओमा आवेदन दिनु भयो ? नदिएको भए दिई हाल्नु होला । किन भने असोज २६ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने असोज २९ गते बुधबार अर्थात आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट पनि गरिसकेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपियाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपियाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्न सेबोनबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २३ हजार ९७५ कित्ता सेयर कर्मचारीहरुलाई बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सर्वसाधारणहरुका लागि २५ लाख १० हजार ४ सय ९३ कित्ता सेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
Shares