लगानीको अवसर ! आजदेखि सुर्वोदय वोमि लघुवित्तको एफपिओ निष्काशन, कसले दिने आवेदन ?

अर्थकागज
प्रकाशित: ०३ साउन २०८१
Image description

काठमाण्डौ । सुर्वोदय वोमि लघुवित्त वित्तिय संथा लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरका ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५ कित्ता सेयर निष्काशन गरेको हो । लगानीकर्ताले साउन ८ गतेसम्म न्यूनतम १० कित्ता सेयरका लागि आवेदन सक्नेछन् । लगानीकर्ताले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ्र मर्जर भई बनेको लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड ७ लाख ७२ हजार ५०८.५० रुपैयाँ रहेको र पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुरÞ्याउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुनाले लघुवित्तले एफपिओ निष्काशन गरेको हो । यस आईपीओ सवै लगानीकर्ताले मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रियाहरू

Dipesh b.k

1 year ago

Ipo

khimu basnet

1 year ago

Ma business men khimu

khimu basnet

1 year ago

Ma business men khimu

Tilak Ram Paudel

1 year ago

yo fpo hami pani sama base huna painxa . kaha bata apply garnu parxa. capital janu parna ho ki . mobil bata ni hunxa

Keshaw Gupta

1 year ago

keshaw kumar gupta

purshotam.kumar sarraf

1 year ago

Malai fpo Ali heridinu hola

imrankhan

1 year ago

20 kita

सम्बन्धित खबर