हिमालयन डिस्टिलरीले पायो सर्वोत्कृष्ट राष्ट्रिय प्रतिवेदन अवार्ड
प्रकाशित:
०७ साउन २०८१
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ अवार्डबाट सम्मानित भएको छ ।
इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औं वार्षिक परिषदमा डिस्टिलरीलाई सम्मान गरिएको हो । उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस (साफा) मा पठाइने छ ।
सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी मुलुकको अग्रणी मदिरा उत्पादक हो । हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता मदिरा उत्पादन गर्दै आएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares