सोनापुर मिनरल्स १४ करोड घाटामा
प्रकाशित:
२८ माघ २०८०
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५९.२१ प्रतिशतले घटेर ७० करोड ५६ लाख रुपैयाँ पुगेको छ भने कुल नाफा ७७.०८ प्रतिशत घटेको छ भने समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३६.७९ प्रतिशत घटेको छ।
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares